किन बिहानै बालुवाटार पुगे दाहाल ?

Prachanda-KP-Oli-talking
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

भेटवार्ता पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको जनाइएको छ । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा तामाकोशि जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने, किसानलाई पेन्सन लगायतका विषय नसमेटिएपछि माओवादी सरकारसँग असन्तुष्ट भएको छ ।

माओवादी संसदीय दलको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा सशक्त आवाज उठाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले भेटवार्ता नियमित र समसामयीक विषयमा केन्द्रित रहको जानकारी दिए ।