लण्डन । तमुधी युके लण्डन ईकाईले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सेप्टेम्बर ३ तारिख शनिवार सडबरी हलमा भव्यताका साथ तीज विशेष कार्यक्रम आयोजना गरी यस वर्षको हरितालिका तीजलाई औपचारिक रुपमा विदाई गरिएको हो ।
तमुधी लण्डन ईकाई आमा समुहकी अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तमुधी युके युकेकी अध्यक्ष सिता गुरुङ रहेकी थिईन् । कार्यक्रमको अध्यक्ष र प्रमुख अतिथिले सयुंक्त रुपमा दि प्रज्वललन गरी उद्घाटन गरिएको थियो ।
कार्यक्रममा समुहमा आबद्ध दिदी बहिनी तथा विभिन्न ठाउँबाट उपस्थित दर्शक गरी झण्डै ३ सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।
समाजले दरखाने कार्यक्रम सहित डिजे र अन्य विभिन्न रमाइलो नाचगान कार्यक्रम गरी तीज मनाएको हो ।
ईकाईका संस्थापक एवम् सल्लाहकार डेबिड गुरुङले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजमा दिदी बहिनीहरुलाई भेटघाट हुने र रमाईलो गर्दै तीज मनाउने अवसरका रुपमा कार्यक्रम आयोजना गरिएको बताए । उनले विभिन्न रमाईलो नाचगान सहित दरखाने कार्यक्रम र राफल ड्र समेत सम्पन्न भएको बताए ।
कार्यक्रममा सुरक्षा सम्बन्धी जानकारी दिँदै तमुधी युके लण्डन ईकाई उपाध्यक्ष देवकला गुरुङले कार्यक्रममा उपस्थित दर्शकहरुलाई स्वागत मन्तव्य सहित स्वागत गरेकी थिईन् । त्यस्तै लण्डन ईकाइका अध्यक्ष विष्णु गुरुङ,तमुधी युके आमा समुहकी अध्यक्ष सिता गुरुङ, ईकाईकी आमा समुह अध्यक्ष कमला गुरुङ र एनआएनए युकेकी महिला प्रमुख विमला लिम्बुले हरितालिका तीजको विशेष शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सयोंजक सृजना गुरुङले कार्यक्रमलाई विभिन्न तवरबाट सहयोग गर्ने तथा प्रायोजन गर्ने व्यक्तिहरुप्रति आभार व्यक्त गरेकी थिईन् ।
कार्यक्रममा कोन्मे घोताने समाज यूकेका चेलीवेटी प्रमुख चन्द्रदेवी गुरुङ, तमुधीं यूके पूर्व आमा समुह अध्यक्ष पवित्र गुरुङ, उपाध्यक्ष कमला गुरुङ सहसचिव लिना गुरुङ, सहकोषाध्यक्ष धुर्वा गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष श्री प्रसाद गुरुङ एवं संस्थापक आमा समुह अध्यक्ष नगेन्द्र गुरुङ,बर्तमान आमा समूह अध्यक्ष माया गुरुङ, साऊथ ईष्ट रिजनल तमुधीं लण्डन ईकाइका पूर्व अध्यक्ष क्या.नारायण बहादुर गुरुङ, निबर्तमान उपाध्यक्ष तथा समाजसेवी एवं प्रथम राफल ड्र स्पोन्सर पार्वती गुरुङ, काऊन्सिलर लक्ष्य बहादुर गुरुङ, चार भन्ज्यांङ गुरुङ समाज यूकेका संस्थापक अध्यक्ष नारायण प्रसाद गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै एनआरएनए युकेकी महिला संयोजक बिमला लिम्बु, सल्लाहकार क्या.प्रेम गुरुङ, टिडिएलएका पूर्व अध्यक्ष एवम् प्रयास मिडियाका म्यानेजिङ डाइरेक्टर डेविड गुरुङ, स्याङ्जा समाज युकेकि महिला विभाग प्रमुख हुम कुमारी गुरुङ, बिसीसी युके लण्डन शाखाकी आमा समुह अध्यक्ष डिलमाया गुरुङ, आशा फेसन हाऊस निर्देशक आशा भूषाल, तमु बौद्ध सेवा समिति काठमाण्डौका पूर्व अध्यक्ष तथा ईकाइका सल्लाहकार क्या. रामकाजी गुरुङ, सोंपाल समाज यू के.पूर्व आमा समुह अध्यक्ष लगाएयत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा राखिएको राफल ड्र कार्यक्रमको प्रथम पुरस्कार सुनको चन्द्रमा पार्वती गुरुङ, दोस्रो सुनको चन्द्रमा जय कृष्ण ज्वेलरी साऊथ ह्यारो, चाँदीको पाऊजु कमला गुरुङ आशा फेसन हाऊस, गिप्ट हाम्पर, शर्मीला गुरुङ, दिलमाया गुरुङ,यशोदा गुरुङ,भरत गुरुङ सृजना गुरुङ र मिना गुरुङ तथा लण्डन ईकाईकी पहिलो फस्ट लेडि बिना गुरुङले प्रायोजन गरेका थिए । त्यस्तै कोने घोण्डे समाज यूकेका चेलीबेटी प्रमुख र क्या. नारायण गुरुङले पनि आर्थिक सहयोग गरेका थिए । त्यस्तै तमुधी समाज युकेका संस्थापक अध्यक्ष मिन प्रसाद तमु र कोषाध्यक्ष कमल कोन्मे तमुले पनि तीजको शुभकामना सहित आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा चौतारी ईन्टरटेन्टका निर्देशक शुसील गुरुङले डिजेको रुपमा भुमिका निर्वाह गर्दै उपस्थित दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा व्यवस्थापनमा अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत गुरुङ, ललितमान गुरुङ, संस्थाका संस्थापक अध्यक्ष डेबिड गुरुङ साथै ईकाईका अन्य पदाधिकारी र सल्लाहकारहरु खटिएका थिए ।







