सिड्नी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
अगष्ट २६ तारिखमा ईगंल बर्न हलमा सम्पन्न तीज विशेष कार्यक्रमका नेपालका चर्चित कलाकारहरुका साथमा अन्य नाचगान, दरखाने कार्यक्रम लगायत मनोरञ्जनात्मक कार्यक्रमका सम्पन्न भएका छन् ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरु बसन्त थापा र देवी घर्ती लगायत अन्य स्थानीय कलाकारहरुले तीज गीतमा आफ्नो सागींतिक प्रस्तुतीका साथ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

साउथ वेष्टमा कम्युनिटी सेन्टर निर्माणको सहयोगार्थ सम्पन्न कार्यक्रम सोचे भन्दा पनि भव्य रुपमा सम्पन्न भएको कम्युनिटीका अध्यक्ष सुदिप ढकालले जानकारी दिए ।
नेपाली समुदायका विभिन्न सघंसंस्थाहरुलाई कार्यक्रम गर्न समेत असहज भईरहेको अवस्थालाई मध्येनजर गरेर कम्युनिटीले भवन निर्माणको गरेको कार्यक्रमबाट उल्लेख्य मात्रामा रकम सकंलन भएको र त्यसको आयव्यय कम्युनिटीको आगामी बैठकबाट गरिने जानकारी दिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, साउथ वेष्ट नेप्लिज कम्युनिटीका पूर्व अध्यक्ष देवेन्द्र सापकोटा, सल्लाहकारहरु सूर्य गौतम, सूर्य खनाल, बिनौद पौड्याल, डा. प्रकाश पौडेल लगायत संस्थाका पदाधिकारी र नेपाली समुदायका व्यक्तिहरु गरी झण्डै ३५० जनाको उपस्थिति रहेको थियो ।

धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको कार्यक्रम सम्पन्न गर्न बाबुराम गौतम सन्दिप अधिकारी, प्रकाश पौडेल, हरि अधिकारी, दामोदर अधिकारी, चन्द्र ढकाल, कमल भण्डारी, प्रज्वल भट्टराई, सुजन न्यौपाने, राजन कोईराला, शान्ति कडेंल,सुरेश रेग्मी, चतुर्भुज खरेल, टुगंनाथ खरेल, प्रेम शाह लगायतले सक्रिय रुपमा व्यवस्थापनमा सहयोग गरेका थिए । शव्दमाला र पाठशाला अस्ट्रेलियाका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन रोशन आचार्य, कल्याणी बर्तौला र अनिता ढकालले गरेका थिए ।

(साउथ वेष्ट नेप्लिज कम्युनिटी ले उपलब्ध गराएका फोटाहरु)






