बालेन्द्रसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौँ । सर्वोच्च अदालतको अवहेलना मुद्दाका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफ मागेको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो ।

नर्भिकले नियम मिचेर बनाएका संरचना भत्काउन सर्वोच्चले रोक लगाएपछि बालेन्द्रले नक्सा पास र कारबाहीको अधिकार पनि सर्वोच्चलाई नै दिउँ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सर्वोच्चको आदेशसँगै नर्भिकका संरचना भत्काउन पाएका थिएनन् । त्यसपछि उनको प्रतिक्रियामा आपत्ति जनाउँदै अधिवक्ता दीपकराज जोशी लगायतले उनीविरुद्ध सर्वोच्चको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चले आदेश दिएपछि मेयर बालेन्द्रले लेखेको स्टाटसलाई लिएर उनीविरुद्ध मुद्धा परेको थियाे । बालेन्द्रले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए ।