प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा : केशव जोशी चयन

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा पुनः केशव जोशी चयन भएका छन् ।

सिड्नीको अर्बनमा सम्पन्न मञ्चको पाँचौ अधिवेशनले जोशीको अध्यक्षतामा आगामी २ वर्षका लागि ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बालगोपाल उपाध्याय, चीन नेपाली, राम घिमिरे सचिवमा प्रकाश पन्थी सहसचिवमा असिम कोईराला, होमनाथ निरौला, हेमराज खनाल र आर्थिक विभाग प्रमुखमा दिपक पहारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नरबीर नेम्वाङ, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भण्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैर, सूर्यमोहन शर्मा, विजय फ्युयाल र भुवन पाण्डे लगायत रहेका छन् ।

अधिवेशनले पदेन सदस्यहरुमा कृष्ण सापकोटा (यू साउथ वेल्स), रमेश पाण्डे (क्वीजल्याण्ड),  तेजेंद्र बिक्रम मल्ल (वेस्टर्न अस्ट्रेलिया), मुगेन गौतम -ताज्मेनिया), सुदीप पोखरेल (नर्देन ट्यारेटरी) र अभिषेक उप्रेती (अस्ट्रेलियन क्यापिटल ट्यारेटरी/ क्यानवेरा ) लगायत रहेका छन् भने चुनिएका पदेन सदस्यहरु अष्ट्रेलियाका आठ राज्यको अध्यक्ष रहने छन ।

उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपा एमालेका प्रवास विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा एमालेको प्रवास स्थित भातृसंस्था प्रवासी नेपाली मञ्चले पार्टीलाई सशक्तिकरण र अझै थप सशक्त बनाएर लैजान मद्धत गर्ने बताए । उनले नेपाली राजनीतिमा मौलाएको केही गलत प्रवृत्तिलाई आगामी निर्वाचनले परास्त गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे, अन्तराष्टिय सल्लाहकार परिषद सदस्य सञ्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, ओसेनिया ईन्चार्ज डा. बिनोद श्रेस्ठ , न्यू साउथ वेल्स राज्यका महावाणिज्यदुत दिपक खड्का, न्यूजिल्याण्ड राज्यका महावाणिज्यदूत आत्मराम खनाल दिनेश खड्का, एनआरएन उपाध्यक्ष गणेश केसी, सचिव होम पाण्डे, असियाना सयोंजक दिनेश जोसी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नवचिर्वाचित अध्यक्ष जोशीले आफुलाई अघिल्लो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै फेरी पनि अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे । उनले पार्टीको विधान र विधिलाई आत्मसाथ गर्दै संस्थालाई अझै मजबुद बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नवनिर्वाचित समितिको पहिलो बैठक समेत सम्पन्न गरेको छ । बैठकले मञ्चका सदस्यहरुलाई नेतृत्व विकास र सामाजिक दायित्वका विषयमा तालिम प्रदान गर्ने आगामी कार्तिकको अन्तिम साता नेपालमा हुन लागेको प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सम्पन्न गर्न विभिन्न तहबाट सहयोग गर्ने निणर्य गरेको छ ।