सिड्नी । तामाङ सोसाइटी अफ सिड्नीले बारबिक्यु तथा भेट्घाट कार्यक्रम गरेको छ ।सोसाईटीले सन् २००९ देखि बारबिक्यु कार्यक्रम राख्दै आएको थियो ।नियमित कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष आयोजना गर्दै आएको बारबिक्यू विगत ३ वर्ष देखि कोरोना सक्रंमणका कारण हुन सकेको थिएन।यस वर्ष अगस्ट २० तारिखमा एसफिल्ड पार्कमा भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको हो ।
एकाअपसमा भेट्घाट रमाइलो गर्नुका साथसाथै सिड्नी आएका नयाँ विद्यार्थी भाइबहिनीलाई समाजमा स्वागत गर्ने र पारिवारिक वातावरणको महसुस गराउनुका साथै प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम गरी बारबिक्यू सम्पन्न गरिएको सोसाईटीका अध्यक्ष सुनदोर्जे तामाङले जानकारी दिए ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य समाजका सदस्यबीच एकाअपसमा भेट्घाट रमाइलो गर्नुका साथसाथै सिड्नी आएका नयाँ भाइबहिनीलाई समाजमा स्वागत गर्ने र पारिवारिक वातावरणको महसुस गराउनु रहेको बताइएको छ । यस वर्ष बारबिक्यु सँग सँगै भेटघाट कार्यक्रम गरिएको छ । शनिवार सम्पन्न कार्यक्रममा झण्डै १ सय ५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा हालसालै निर्वाचित भएकी क्यान्टोबरी काउन्सिलकी काउन्सिलर भद्र वाईवा, निफाका संस्थापक अध्यक्ष गणेश तामाङ, व्यवसायि निमा तामाङ, सोसाइटीका सल्लाहकार दिल तामाङ, युवा सयोंजक योन्ज तामाङ लगायत कार्यसमिति पदाधिकारी तथा समाजका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।







