गुल्मी : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
आइतबार बिहान रेसुंगा नगरपालिका १० को सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक रन बहादुर ढेँगाको ज्यान गएको सशस्त्र प्रहरी नायब उपरिक्षक निबन कुमार खड्काले जानकारी दिए ।
चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । गुल्मीबाट बुटवल जान हिंडेको ट्रक सिमिचौरमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरी वल गुल्मी ३७ नम्बरको सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट शव निकालेका छन् ।






