नवलपुर जिल्ला समाज युकेले यसरी मनायो बिबिक्यू तथा समर भेटघाट कार्यक्रम

लण्डन । नवलपुर जिल्ला समाज युकेले बिबिक्यू तथा समर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

३१ जुलाई आईतबार १२ बजे देखी ८ बजे सम्म ऊलविचमा विभिन्न मनोरञ्जनात्मक तथा खानपान कार्यक्रम सहित बिबिक्यू कार्यक्रम सम्पन्न भएको हो ।

नवलपुर जिल्ला समाजका अध्यक्ष महेश देवकोटा अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहेका थिए । प्रमुख अतिथि आचार्यलाई समाजका सल्लाहकार होम शर्माले स्वागत गरेका थिए ।

पशुपतिनाथ मन्दिरका गुरु निलहरि घिमिरेद्वारा मन्त्र पढ्दै प्रमुख अतिथि राजदुत आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

समाजका उपाध्यक्ष सन्तोष रेग्मीले सम्पुणर् अतिथि एवम् सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा चर्चित लोकदोहोरी गायक रेशम निर्दोष र गायिका अनुपा मगरले सागींतिक प्रस्तुती दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै नवलपुरे बाबु नानीहरुको बिशेष नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।

उक्त अवसरमा समाजका सल्लाहकारहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने नेपालबाट आएका अतिथि तथा बेलायतमा रहेका जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।

बेलायतमा रहेका नवलपुरेहरुलाई एकैठाउँमा भेला गराई विभिन्न सुख दुख साटासाट गर्ने,नाचगान एवम् रमाईलो गर्ने र देश विदेशमा रहेका सम्पूणर्लाई एकताबद्ध भएर अगाडी बढ्ने सन्देश सहित समाजले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरेको छ । कार्यक्रम समाजका महासचिव युवराज रानाले संचालन गरेका थिए ।

नवलपुर जिल्ला स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुको साझा संस्था नवलपुर जिल्ला समाज युके २०१८ सालमा स्थापना भएको हो । संस्थाले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा हुने विभिन्न विपत्ति र सकंटमा सहयोग गर्दै आईरहेको छ ।