शिब भण्डारी
लण्डन । चार्ल्टन नेपाली समाज युकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको छ । त्यसअवसरमा विगतमा जस्तै समाजले भलिबल प्रतियोगिता मैत्रीपूर्ण रुपमा सम्पन्न गरेको हो ।

समाजकी उपाध्यक्ष सिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले चार्ल्टन नेपाली समाज यूकेको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको सुभकामना दिए।कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गरेका थिए ।
समाजले जुलाई २४ आईतबार दिउँसो स्थानीय मेरिडियन स्पोर्टस् क्लबको ग्राउन्डमा बीबीक्यू, सहित भलिबल प्रतियोगिता,लोकदोहोरीका चर्चित गायक रेशम निर्दोष र गायिका अनुपा थापा मगरको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । 
समाजका महासचिव टि.एन.रिजालले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य बसन्त खनालको स्वागत र समाजका संस्थापक अध्यक्ष सुरज केसीले शुभकामना मन्तव्य दिएका थिए ।
समाजका उपाध्यक्ष प्रकाशराज कंडेल लण्डन नेपाल न्यूजसँग कुरा गर्दै घमाइलो वातावरणमा स्थानिय बयस्क र बाल बच्चाहरु सहभागी गराई भरपूर मनोरञ्जनात्मक कार्यक्रममा स्पोन्सर लगायत सबै उपस्थितलाई कंडेलले धन्यबाद ज्ञापन गरेका छन् ।

समाजका पुर्व अध्यक्ष रोमनाथ पाण्डेले भलिबल खेलको संयोजक गरेका थिए भने समाजसेबी बिनोद ज्ञवालीले साथ र सहयोग गरेका थिए ।
कार्यक्रममा हेम विष्टको डिजे र लोकदोहोरीका चर्चित गायक रेशम निर्दोष र गायिका अनुपा थापा मगर लगायतले मनोरञ्जन प्रस्तुत गरेका थिए ।कार्यक्रममा नेहा खरेल र तृप्ति अर्यालले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पशुपतिनाथ मन्दिर अध्यक्ष दासुराम पाण्डेले स्वादिष्ट भोजनको व्यवस्था गरेका थिए ।कार्यक्रममा संस्थापक अध्यक्ष सुरज के.सी,पूर्वअध्यक्षहरु रोमनाथ पाण्डे, टंक कण्डेल,कृष्ण खरेल लगायत सयौको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।






ओपन बार बि क्यू कार्यक्रममा समाजकी अध्यक्ष रेखा खरेल भने नेपालमा रहेका कारण उपस्थित हुन सकिनन् । समाजले हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम ओपन बीबीक्यू दशैं तिहार तथा तीज विशेष कार्यक्रमहरु गर्दै आएको छ।






