नेपाली बाबु छोराको जोडीले एडमन्सन पार्कमा बेच्यो तेश्रो रेकर्डेड घर

सिड्नी । अस्ट्रेलियामा रियलस्टेटको कारोबार गर्दै आईरहेका नेपाली बाबु छोराले अत्यधिक मुल्यमा घर बेच्ने तेश्रो रेकर्ड राखेका छन् ।

अस्ट्रेलियामा रियलस्टेटको कारोबार गर्दै आईरहेका मल्टिडायनामिक रियलस्टेटका एजेन्ट मुरारी लम्साल र उनका १७ वर्षीय छोराले यो रेकर्ड राखेका हुन् ।

रियलस्टेट ऐजेन्ट दुई बाबु छोराले एडमन्सन  पार्कमा उच्च मूल्यमा घर बेच्ने ऐजेन्ट मध्ये अहिलेसम्मकै महगों मध्ये तेश्रो महगों घर बेचेका हुन् । उनीहरुले बेचेको उक्त घरको मूल्य अहिलेसम्म सर्वव क्षेत्रमा अन्य ऐजेन्सी र ऐजेन्टहरुले बेचेका घरको मूल्य मध्ये तेश्रो नम्बरमा अधिक मुल्य हो ।

उनीहरुले कारोबार गरेको घरको मूल्य १.८२ मिलियन डलर रहेको छ । बाबु छोराले साढे ३ हप्तामै घर विक्री गरेका हुन् । अस्ट्रेलियामा रियलस्टेटको क्षेत्रमा एक स्थापित ऐजेन्टको रुपमा छवि बनाएका मुरारी लम्सालले ग्राहकहरुकै सेवा र सन्तुष्टीका कारण आफुहरु अहिलेको स्थानसम्म आईपुगेको बताउँछन् ।

आफ्ना ग्राहकहरूलाई आश्वस्त पार्ने क्षमता भएका लम्सालले यस अगाडी विभिन्न ठाउँमा उत्कृष्ट ऐजेन्ट अवार्ड समेत जितिसकेका छन् । उनका १७ वर्षीय छोरा सुप्रिम लम्साल समेत पछिल्लो समय बाबुकै व्यवसायलाई सम्हाल्ने कसरतमा लागिरहेका छन् ।

बाबु छोराको रियलस्टेट जोडी अहिले सामाजिक सञ्जाल तथा रियलस्टेट क्षेत्रमा निकै ख्याति कमाएका छन् । बाबुछोरा नै एउटै कारोबारमा लागेको देखेर उनीहरुको सर्वत्र चर्चा भईरहेको छ । अझै त्यसमा पनि मुरारीका छोरा १७ बर्षीय सुप्रिमले निकै नै चर्चा पाईरहेका छन् ।