एनआरनए युके राज्य समन्वय परिषद इंगल्याण्डद्धारा मिडल्यान्डमा स्वास्थ्य जागरण अभियान

लण्डन । गैर आवासीय नेपाली संघ बेलायत युके राज्य समन्वय परिषद इंगल्याण्डले विभिन्न ठाउँमा स्वास्थ्य जागरण अभियान चलाईरहेको छ ।
परिषदले रनफेस्ट कार्यक्रम मार्फत इंगल्याण्डका विभिन्न शहरहरूमा पुगी त्यहाँ बसोबास गर्दै आईरहेका नेपालीहरुलाई स्वास्थ्य सन्देश प्रवाह गर्ने कार्य गरिरहेको छ ।स्वास्थ्य नै ठुलो धन हो भन्ने मूख्य नारालाई आत्मसाथ गर्दै उसले महिला, पुरुष बालबच्चा र उमेर बढ्दै गएका सबै नेपालीहरुले यस स्वास्थ्य जागरण अभियानमा सहभागिता जनाएर उत्साहपुणर् सन्देश फैलाउने काम परिषदले गरेको छ । दौडने बानि बसाल्न सकेमा शरिर निरोगी, फुर्तिलो, रोगप्रतिरोधात्मक क्षमता बढ्ने र मोटोपनका विभिन्न समस्याहरु कम हुँदै जाने भएकोले सबैलाई यो अभियानमा जुट्न अभिप्रेरित गरिएको बताईएको छ ।
राज्य समन्वय परिषद इंगल्याण्डले यो कार्यक्रम लाई सन २०२१ मा यसको सम्पुणर् पुर्वाधार तयार गरी जनवरी २०२२ देखि अभियानको रुपमा सन्चालनमा ल्याएको थियो । कोभिडको महामारिबाट बन्द अबस्थामा बस्नु परेको पिडा बाट मुक्त दिनको लागि यस संस्थाले एक भर्चुवल दौड कार्यक्रम रन फेस्को आयोजना गरी सबैले आ-आफ्नो ठाउँबाट र घरबाट पार्कमा,गाडनमा,जिममा वा ट्रेड मिलमा अथवा रोडमा जहाँ दौडे पनि ५ किलोमिटर दौड पुरा गर्ने र आफ्नो विस्तृत जानकारी सहित एनआरएन इंग्याण्ड राज्य समन्वय परिषदको वेबसाईटमा घ्१० तिरी दर्ता गरेमा उनीहरुलाई सम्मान स्वरुप संस्थाको लोगो सहितको एक मेडल र प्रसंसा पत्र दिएर सम्मान गर्ने प्रक्रियाबाट यो काम सुरु गरिएको थियो । जुलाई १४ बिहिबार सम्म बिहान १० बजे देखि १२ बजे सम्म यो अभियानको अन्तिम कार्यक्रम खुल्ला चौरमा दौडको आयोजना गरी मिडल्याण्को नटिंघम शहरको फोरेष्ट पार्कमा भब्य रुपमा समापन गरिएको छ ।
उक्त कार्यक्रममा ७१ जना धावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फोरेष्टपार्कको सबै क्षत्रफल समेटेर वरिपरी फन्को मारि एक समारोह बिज यसलाई सम्पन्न गरिएको हो । उक्त समापन समारोहका प्रमुख अतिथि एनआरएनए आई सि सि युरोप क्षेत्रिय उपसंयोजक दयानिधि सापकोटाले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । त्यस्तै सृजनसिल लेस्टर समाजका बर्तमान अध्यक्ष नाराण फुयाल र वर्तमान साझा नेपाली समाज युकेका उपाध्यक्षद्धय प्रेम आले मगर र कृष्ण खरेल अतिथिको रूपमा उपस्थित भएका थिए ।
कार्यक्रममा एनआरए युकेका उपाध्यक्ष गोविन्द खरेल, सचिव विष्णु चालिसे, नेपाली समाज नटिंघमका अध्यक्ष रविन्द्र शर्मा र सिंगो कार्यसमिति, नटिंघमको भलिवल टिमका कप्तान रविन्द्र गिरी र उनका सबै टिम मेम्बरहरु, नटिंघम नेपाली समाज युकेका संस्थापक अध्यक्ष रणबहादुर केसी, पुर्व अध्यक्ष प्रविण पाण्डे, निवर्तमान अध्यक्ष हिरा सापकोटा, नटिंघममा स्वास्थ्य जागरण अभियान दौड अभ्यासका टिम लिडर लाल थापा यसैगरी गैर आवासीय नेपाली संघ बेलायत युके राज्य समन्वय परिषद इंगल्याण्डका सल्लाहाकारहरू शम्भु अर्याल , यज्ञ डुम्रे र मुकुन्द खरेल एवम् नटिंघमबासी जागरुक महिला पुरुषज्युहरुको बाक्लो सहभागिता रहेको थियो । आयोजक एनआरएनए युके राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लाल बहादुर गरुङले अध्यक्षता गरेको कार्यक्रम संचालन राज्य परिषद इंगल्याण्डका सचिव राम प्रसाद पन्थीले गरेका थिए ।
नेपालबाट युकेमा आएका अभिभावक हिरा सापकोटाका पिताज्यु, सांस्कृतिक धरोहरका प्रतिविम्ब राष्ट्रीय कलाकारज्युहरु विशाल रायमाझी, अष्मीता डल्लाकोटी, राजन कार्की को उपस्थितले कार्यक्रम थप रोचक र उर्जामान भएको थियो । दौड सकिना साथ सबैलाई एक ठाउँमा गोलबन्द गरेर लाल थापाज्युले दौड, पिटि र योगा अभ्यास गराएका थिए र यसको स्वास्थ्यमा हुने फाइदाका विषयमा समेत बताए । मन्तव्य दिने क्रममा प्रमुख अतिथि दयानिधि सापकोटाले यस्ता कार्यक्रमहरुले आम नेपालीहरुमा असाध्यै पोजेटिभ भाइव जाने र सामाजिक एकतामा समेत बल पुग्ने विषयमा प्रष्ट पार्दै एनआरएन प्रति जनमानसमा यसरी आकर्षण मुलक कार्यक्रम गरेको मा राज्य समन्वय परिषदलाई हरतरहको सहयोग दिने भन्दै विश्वका अन्य मुलुकमा पनि यस्था अभियान फैलाउदै जाने कुरामा जोड दिए ।
सहभागि सबैलाई प्रमाणपत्र र मेडलले सम्मान गरियो । एन आर एन ए युके राज्य समन्वय परिषद इंगल्याण्डले विभिन्न शहरहरुमा काउण्ट्री काउन्सिल गठन गरी एनआरएनहरुका समस्या र जिज्ञासाहरूलाई सम्बन्धित निकाय सम्म पुर्याउन काउण्टि काउन्सिल गठन गर्दै आएको छ । यसैक्रममा मिडल्याण्मा पनि एनआरएन अभियन्ता अग्रजहरुको सहभागितामा मिडल्याण्ड काउण्टि काउन्सिलको गठन गरिएको छ ।
जसमा डिालाराम गौतम संयोजक र सचिवमा लोकनाथ अधिकारीलाई चयन गरियो । अन्य सदस्य सहित समितको पुणर्ता यथासक्य छिटो र अन्य क्षेत्रहरुलाई पनि समेट्ने गरी उनीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ भने कार्य निर्देशिका समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन उल्लेख्य भूमिका खेल्ने सम्पूर्णलाई एनआरएनए युके राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लाल बहादुर गरुङले कार्यक्रमको समापन गरेका थिए ।
Enter

You sent