बेलायतको प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा ऋषि सुनाक

लण्डन । बेलायतको प्रधानमन्त्री पदको दौडका लागि ऋषि सुनाक अगाडी देखिएका छन् ।

भारतीय मूलका सुनाक विभिन्न चरणका निर्वाचनमा उल्लेख्य समर्थन प्राप्त गर्न सफल भएका छन् ।

पाँच जना उम्मेदवारको दौडमा दोश्रो चरणको मतदानमा सुनाकलाई १०१ सांसदले समर्थन गरेका छन् ।

त्यस्तै, दोस्रो स्थानमा पेनी मोर्डन्टले ६७ मत, तेस्रो स्थानमा लिज ट्रसले ५० मत, चौंथो स्थानमा केमी ब्याडेनोकले ४० मत, पांचौ स्थानमा टम टुगेन्डहटले ३७ र छैठौँ स्थानमा सुएला ब्रेभरम्यानले ३२ मत प्राप्त गरेका छन् ।

तीस मतको थ्रेसहोल्ड कटाउन नसक्ने नादिम जहावी र जेरेमी हन्टले क्रमश: २५ र १८ मत प्राप्त गरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएपछि पार्टीले आफ्नो नयाँ नेताको चुनाव गरिरहेको छ ।

बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यही दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ ।