प्रधानमन्त्री पत्नी आरजु देउवालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा होम क्वारेन्टाइनमा बसेकी छिन् ।

आरजुलाई कोरोना संक्रमण भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।