सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट सञ्चालित नेपाली अनलाईन पत्रिका नेपाल न्यूजले नवौँ बार्षिकोत्सव मनाएको छ । सिड्नीको रक्डेल स्थित ईन्द्रेणि फंसन सेन्टरमा बरिष्ठ पत्रकार एवम् लेखक नारायण वाग्लेको प्रमुख आतिथ्यतामा मिडियासगं सम्बन्धित विषयमा अन्तरसवांद गरिएको छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार वाग्लेले पछिल्लो समय सुचना आदानप्रदान पक्रिया बदलिएकाले सम्पादकको सुचना पहुँचमा चुनौती थपिदिएको बताए । समाचारले पार्ने प्रभावका विषयमा सम्पादक सबै चनाखो हुनुपर्ने बताए । पत्रकार वाग्लेले सामाजिक संजालको प्रयोगका कारणले समाचारको विश्वसनियतामा कम हुँदै गएको समेत बताए ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली कार्यबहाक राजदुत कुलबहादुर मगरले सत्य तथ्य समाचार सम्प्रेषण गर्ने कुरामा सञ्चार माध्यमहरुले ध्यान दिनुपर्ने बताए । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुको विविध समस्याहरुको बारेमा सञ्चारमाध्यमले कुरा उठाउनुपर्ने भन्दै त्यसको समाधान खोज्न सकिने बताए ।
कार्यक्रमका प्रमुख पार्टनर मेट्रो होम्सका कार्यकारी प्रमुख ज्ञानेन्द्र कार्कीले राज्यको चौथो अंगको रुपमा रहेको संचार क्षेत्र संग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।
नेपाल न्यूज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन व्यवसायी एवम् नेपाल न्यूज अस्ट्रेलियाका कानूनी सल्लाहकार डा. शमशेर सिहं थापा ,वरिष्ठ पत्रकार सुवास ढकाल ,नेपाल टेलिभिजनका सम्पादक सुरेन्द्र पौडेल ,रेडियो नेपालका पत्रकार अजराज बम , एनएसडब्लुकालागि नेपाली वाणिज्यदुत दीपक खड्का ,एनआरएनएका उपाध्यक्ष धर्मराज अधिकारी, ओसेनिया संयोजक एवम् नेपाल न्यूज अस्ट्रेलियाका अपरेसनल म्यानेजर दिनेशराज जोशी , एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल ,सामाजिक अभियान्ता भवानी ओली ,एञ्जाका अध्यक्ष ऋषि आचार्य ,प्रवासी नेपाली मंचका रमेश पाण्डे ,जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ ,“मेरी उनि र म“ पुस्तकका लेखक रामप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल न्यूज अस्ट्रेलियाको नवौँ बार्षिकोत्सव सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल न्यूज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारी र म्यानेजिङ्ग डाइरेक्टर हेमन्त काफ्लेले नेपाल न्यूज अस्ट्रेलियाको यात्रा र यसले उठान गरेका विषयवस्तुहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कलाकारहरु रमण रेग्मी र जेनिशा गौतमले पनि आ आफ्नो सागींतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






