एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा उठेका डा.रेग्मीका के – कस्ता छन् प्रतिबद्धताहरु ?

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्ष पदमा डा. ज्ञानेन्द्र रेग्मीले उम्मेद्वारी दर्ता गरी चुनावी अभियानमा उत्रिएका छन् ।

उनीसँग एनआरएनए प्रवक्ता समेत रहेका नन्द गुरुङले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । आगामी २०२१–२३ कार्यकालको लागि जुलाई ३१मा एनआरएनए अष्ट्रेलियाको चुनाव हुँदैछ ।डेढ दर्जन पदको लागि चार दर्जन बढीले उम्मेद्वारी घोषणा गरेका छन् ।

संघको हाल महासचिवका रुपमा कार्यरत डा. रेग्मी पेशाले अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर पनि हुन् । एनआरएनएलाई साझा चौतारीका रूपमा अघि बढाउने उद्देश्य राखेका उनले महासचिबको रुपमा काम गर्दा प्रशंसनिय कामहरु गरेको यहाँ रहेका नेपाली डायस्पोराले बताउने गरेका छ्न ।

एनआरएनएलाई सबैको साझा संस्था बनाउने अभियानमा आफू लागेको भन्दै डा. रेग्मीले यस अभियानमा साथ दिन सबै नेपालीहरुलाई आग्रह गरे । डेमोक्रयाट समूहवाट आधिकारीक रुपमा अगाढी बढेका रेग्मीले सबैखाले बिचारका व्यक्तिहरुलाई समेत टिममा सामेल गराएर अघि बढ्ने योजना रहेको बताए ।

उनले भने, ‘परोपकारी कार्य गर्न आउने मनसाय लिएर एनआरएनमा आउदैँ गर्दा सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने मेरो मूल उद्धेश्य हो, यही अनुसार अघि बढ्छौँ ।’

आफूले प्रवक्ता र महासचिवको रुपमा काम गर्न संस्थालाई सहि दिशामा हिडाउनको निम्ती मिहेनत गरेको भन्दै उनले भने, ‘संस्थालाई साझा चौतारीका रुपमा अगाढी बढाउने मेरो प्रयास हो, त्यसको निरन्तरता स्वरुप अध्यक्षमा उम्मेद्वारी दिदैछु ।’

उनले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्दै सोही अनुसार अघि बढ्ने बताएका छन् ।

हेरौँ उनले जारी गरेका प्रतिबद्धताहरु

अस्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण इन्जिनियर अग्रज, मित्रहरु तथा इन्जिनियर भाई बहिनीहरुमा हार्दिक अनुरोध !!!

अस्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण इन्जिनियरहरुको सन्ख्या निक्कै नै रहेको र आफ्नो आफ्नो क्षेत्रमा दक्षता देखायिसक्नु भएको छ। म पनि हाल Department of Planning, Industries, & Environment (DPIE) मा जलस्रोत बिज्ञ (सिनियर ईन्जिनियर) को काम गरिरहेको छु ।

सन १९९५ – १९९९ : पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस ( बिई सिभिल ), सन २००४- २००६ : साइटामा युनिभर्सिटी, जापान ( एमई : सिभिल ) ; सन २००८ -२०११ : ओलोङोङ युनिभर्सिटी अस्ट्रेलिया ( पि एच डि ), सकेर सन २०११ देखी अष्ट्रेलियामा ईन्जिनियर , अनी सामाजिक संस्थामा बिभिन्न भूमिकामा काम गरिरहेको छु ( एन आर एन ए अस्ट्रेलियाको प्रवक्ता अनी महासचिब भएर काम गरिसकेको छु )

इमान्दारिता पुर्वक काम गरेर संस्थामा भएको बेथिती लाई हटाउने , संस्थालाई भर्र्याङ् बनाउन होइन समाज को निम्ती केही दिन आउने भन्ने प्रमाणित गर्न अनी सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर यस पटक एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा उम्मेद्द्वारी दर्ता गराएको छु।

यही जुलाइ ३१मा हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर हाम्रो (सबैको) अनि राम्रो ( समान सहभागिता) बनाउने यस अभियानलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछु ।

तपाईको मत NRNA लाई तपाईको आफ्नै संस्था बनाउने अभियानको लागि !!!

” हाम्रो एनआरएनए , राम्रो एनआरएनए “

डा ज्ञानेन्द्र रेग्मी
अध्यक्ष पदको उम्मेद्द्वार
एन आर एन ए अस्ट्रेलिया निर्वाचन २०२१ – २०२३