सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीको संयोजक पदमा युवा आशिष भुसालले उम्मेद्वारी दिएका छन् ।
२०१९–२१ कार्यकालमा सहसचिबको रुपमा कुशल जिम्मेवारी निभाएका उनले संस्थालाई पारदर्शी र व्यवस्थित तरिकाले चलाउने अभियान सहित चुनावमा होमिएको बताए ।
गर्नसक्ने कुरा भन्छु र भनेको कुरा अवश्य गर्नेछु उनले भने, सहसचिबको रुपमा काम गर्दा मैले सिकेको अनुभवलाई व्यवस्थित रुपले प्रयोग गरी एनआरएनएलाई नयाँ दिशा दिन चाहान्छु ।
उनले अष्ट्रेलियामा रहेको नेपाली समुदायमा उत्थान गर्नको निम्ती आफूले दिलो ज्यान गरेर काम गर्ने भन्दै यस कार्यमा साथ दिन आग्रह गरे ।
आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको, नर्दन टेरिटोरीमा नेपाली कला संस्कृतिको विकासको निम्ती काम गरेको भन्दै उनले संस्थाको आर्थिक समृद्धिको निम्ती पनि भूमिका निर्वाह गर्ने बताए ।
यस्ता छन् उनले उठाएका प्रतिबद्धता र एजेन्डाहरु








