लण्डन । किरात राई यायोक्खा बेलायतले लाईभ ब्याण्ड सहित राजेश पायल राई एकल साँझ कार्यक्रम गर्ने भएको छ । संस्थाले २४ जुलाई २०२२ मा भव्य सांगीतिक कार्यक्रम गर्ने भएको हो ।
आईतबार पत्रकार सम्मेलन गरी संस्थाले गर्ने कार्यक्रमको बारेमा जानकारी गराईएको हो । अल्डरशट स्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा राई इज किङ्ग का नामले प्रख्यात नेपाली गायक राजेश पायल राई को एकल सगींत साँझ सगैं अन्य लाईभ ब्याण्ड सहित भव्य कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोंजक सुमन चन्द्र राईले जानकारी दिए ।
राजेश पायल रार्ईलाई किराया बेलायत संस्थाले सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए । विगत लामो समय देखि नेपाली सुगम सगींतको क्षेत्रमा लोकप्रिय कलाकारको रुपमा आफुलाई स्थापित गराईसकेका कलाकार राईलाई सम्मान गर्न लागिएको उनको भनाई छ । किरात राई समुदायकै व्यक्तित्व राष्ट्रिय स्तरको कलाकार भएको प्रति सम्पूर्ण किरात समुदायलाई नै गर्वको विषय भएको उनले पत्रकार सम्मेलनको क्रममा बताए ।
राजेश पायल राई एकल साँझ कार्यक्रमलाई अझै भव्य बनाउन लाईभ ब्याण्ड समेत समावेश गरिएको छ । उक्त कार्यक्रममा बेलायतका उत्कृष्ट वाद्यबादकहरुले लाईभ ब्याण्ड प्रस्तुत गर्नेछन् । एकल साँझ कार्यक्रममा प्रख्यात गायक राई ईज किङ्ग सगैं अन्य चर्चित नेपाली कलाकारहरुको समेत उपस्थिति एवम् प्रस्तुती रहने बताईएको छ ।
कार्यक्रममा उपस्थितिका लागि संस्थाले सबैसगं अनुरोध समेत गरेको छ । बेलायतमा रहेका विभिन्न संघ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुलाई निमन्त्रणा सहित पत्राचार गरिसकिएको र अन्य सम्पूर्णलाई पनि यही सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थित हुनका लागि कार्यक्रम सयोंजक राईले आग्रह गरे ।
कार्यक्रमको प्रायोजन बेलायतका विभिन्न कम्पनी, व्यवसायी तथा व्यक्तिहरुले गरेका छन् । कार्यक्रमबाट संकलित रकम कला तथा कलाकारको सम्मान गर्ने, किरात राई समुदायको भलाई, परोपकार तथा कल्याणको कार्यमा खर्च गर्ने संस्थाका उपाध्यक्ष समेत रहेका राईले बताए ।







