शिव भण्डारी /प्रकाश केन्डेल
लण्डन । नेपाली कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’को युकेमा प्रिमियर शो हुने भएको छ । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुको जीवन कथामा आधारित रहेर तैयार पारिएको उक्त चलचित्र अगस्ट २७ मा युकेको प्रिन्सेस हलमा प्रदर्शन गरिँदैछ । आईतबार अल्डरसटको ‘द प्यालेस’ मा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनको सयोंजन गर्दै नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बुले गोर्खाहरु को हुन् ? उनीहरुले विश्वमा के कस्ता योगदानहरु गरे भन्ने विषय चलचित्रको कथा वस्तुमा समेटिएको जानकारी दिईन् । हाम्रा पुर्खाहरुको विरता के कस्तो छ ? भिक्टोरिया क्रस तथा अन्य गोर्खालीहरुले आफ्नो देशप्रति देखाउने राष्ट्रप्रेम समेत चलचित्रमा समेटिएको उनको भनाई छ ।

सम्पूणर् नेपाली बुबाआमा दाजुभाई तथा दिदी बहिनी तथा गोर्खाहरुले हेर्न लायक चलचित्र बनेकाले २७ अगष्टमा प्रिन्सेस हलमा चलचित्र हेर्न जान उनले आग्रह समेत गरिन् । कार्यक्रममा राम कुमार राइले स्वागत गर्दै राज कुमार राइको बारेमा परिचय गराएका थिए ।

पत्रकार सम्मेलन कार्यक्रममा काउन्सिलर प्रवेश केसी र नेपाली चलचित्र क्षेत्रका अग्रज बिनोद मानन्धर तथा बेलायत स्थित विभिन्न नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारहरु,चलचित्रमा अभिनय गरेका कलाकार लगायतको उपस्थिति रहेको थियो ।

उक्त चलचित्र प्रदर्शन हुने दिन अर्थात २७ अगष्टमा नेपालबाट समेत कलाकारहरुको उपस्थिति रहने बताईएको छ । पूर्व गोर्खा सैनिक समेत रहेका राजकुमार राई चलचित्रमा मुख्य कलाकारको भुमिकामा छन् । उनी उक्त चलचित्रका निर्माता र निर्देशक समेत हुन् । बेलायती सेनामा सेवा गरेका उनी अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी समेत रहेका छन् ।

हाल क्यानडामा बस्दै आएका उनले तेक्वान्दोबाट थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड तथा ईभन्ट्सहरु जितेका छन् । उनी तेक्वान्दो खेलका प्रशिक्षक समेत हुन् ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै राईले चलचित्र एकदमै सफल हुने आफुहरुले आँकलन गरेको भन्दै चलचित्रबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने राईले बताए ।
त्यस्तै चलचित्रमा राईसगैं कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय गरेको छ ।

उक्त चलचित्रको निर्देशन वीरबहादुर राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो ।









( पुरा भिडियो हेर्नको लागि तलको लिक क्लिक गर्नुहोला )






