काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दुबईका राजकुमार जुमा आल मोक्तुमले लौरो उपहार दिएका छन् ।
तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमार मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन् ।
श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका राजकुमारलाई स्वागत गर्न पुगेका प्रसाईँलाई स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै सुनको लौरो उपहार दिएका थिए ।
दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएको बताइएको छ । उनले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।






