काठमाण्डौ । प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् ।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन् ।
उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् । यस्तै उनले ’टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन् ।
यस पटकको सुन्दरी प्रतियोगितामा ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै फिनालेका लागि २४ जना छनौट भएका थिए ।






