अष्ट्रेलियामा आइएसको झण्डासहित दुई पक्राउ

अष्ट्रेलियाको सिड्नीमा उग्रबादी इस्लामिक आतंकबादी समूह आईएसको झण्डा सहित दुई जना संदिग्ध ब्यक्ति पक्राउ परेका छन् । सिड्नीको उपनगर फेयरफेलल्डको एक घरमा छापा मार्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका दुईजना २४ र २६ बर्ष उमेर समूहका रहेको र उनीहरुको साथबाट केही साना हतियार सहित एक भिडियो पनि बरामद गरिएको छ । बरामद गरिएको भिडियोमा आतंकबादी हमलाका बिषयमा कुराकानी भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुबारे अनुसन्धान थालिएको छ ।
यसअघि अष्ट्रेलियामा गत बर्षको डिसेम्बरमा सिड्नीस्थित एक क्याफेमा बन्दुकधारीले आक्रमण गरी १८ जनाको हत्या गरेको थियो । सो घटना पछी अष्ट्रेलियाभर सुरक्षा ब्यबस्था कडा तुल्याईएको छ ।