बेलायतमा गुल्मेली एकता जोगाउन गरियो ४५ सल्लाहकार गठन,को को आए ? (नामावली सहित)

लन्डन। गुल्मी जिल्ला समाज यूकेले  ४५ जना नवनियुक्त सल्लाहकारहरुलाई स्वागत गरेको छ।अल्डरसटको ‘द प्यालेस’ मा आइतबार एक कार्यक्रम गरी समाजले सल्लाहकारलाई स्वागत तथा सम्मान गरेको हो।

समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाद्वारा हालै मनोनित तीन दर्जन सल्लाहकारलाई स्वागत गरियो।नवमनोनित सल्लाहकारहरुलाई समाजका अध्यक्ष बलालले खादा ओढाएर स्वागत गरेका थिए।

त्यसअवसरमा अध्यक्ष बलालले समाजका अग्रज सल्लाहकारहरुबाट प्राप्त मार्गनिर्देशनकै जगमा संस्था आजको
अवस्थामा आइपुग्न सफल भएको स्वीकारे। विगतका दिनमा सल्लहकारहरुले सधैं सक्रिय रुपमा संस्थालाई सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग मिल्ने अपेक्षा राखे ।

सल्लाहकारहरुमध्येबाट समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, विनोद ज्ञवाली, फडिन्द्र भट्टराई, गोविन्द खरेल लगायतले मन्तव्य राखे।

सोही अवसरमा समाजको निवर्तमान छैठौँ कार्यसमितिबाट नवनिर्वाचित सातौँ कार्यसमितिलाई ‘ह्यान्डोभर’ गरिएको छ । त्यस क्रममा निवर्तमान समितिका अध्यक्ष टोप पल्लीले वर्तमान अध्यक्ष वीर बलाललाई खातापाता हस्तान्तरण गरेका थिए। त्यस्तै, निवर्तमान समितिका कोषाध्यक्ष वरुण भन्डारीले वर्तमान कोषाध्यक्ष मुकुन्द खराललाई कोषसम्बन्धि खातापाता बुझाएका छन्।

कार्यक्रममा गत महिना निर्वाचित सातौँ कार्यसमितिका केही पदाधिकारीले आफ्नो शपथ ग्रहण पनि गरेका छन्। अधिवेशनमा शपथग्रहण गर्न छुटेका नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष वरुण भन्डारी, प्रवक्ता राधा खरेल र सदस्यहरु शम्भु अर्याल, वसन्त खनाल, दुर्गा सापकोटा, माया केसी, निरञ्जन खड्कालगायतलाई अध्यक्ष बलालले शपथ खुवाएका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, निवर्तमान अध्यक्ष टोप पल्ली, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, मीन दर्लामी, फडिन्द्र भट्टराई, क्या ताम ढेगा, तोयबहादुर थापा (बिइएम), गोकर्ण बस्नेत, राम सापकोटा, राजन खरेल, सुरेश गौतम, ओम गुरुङ, शिव भन्डारी, राजन श्रेष्ठ, टेक थापा, गोविन्द खरेल, कृष्ण भन्डारी, भिम खनाल सहितका सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो। समाजका सचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मञ्जु भन्डारीले स्वागत मन्तव्य दिएकी थिइन्।समाजले मनोनित गरेका जम्मा ४५ सल्लाहकारमध्ये धेरैको सहभागिता रहेको कार्यक्रममा केही सल्लाहकार भने उपस्थित हुन सकेनन्। गुल्मी जिल्ला समाज यूके ४५ जना नवनियुक्त सल्लाहकारहरु