यूकेमा सृजना र सन्तोषको अभिनयमा यस्तो बन्यो ‘हाँस तिमी’ (भिडियो सहित)

लण्डन । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल सृजना निङ्लेखु र सन्तोष राईको अभिनय रहेको छ।

म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका हेयर स्टाइलिस्ट मोरगंका सन्तोष राईले बेलायतबाट सांगीतिक कोशेली पस्कने क्रममा आफ्नो पहिलो अभिनयले नयाँ आयाम थप्ने विश्वास लिएको लण्डन नेपाल न्यूजलाई बताए।

गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक सेण्टिमेण्टल भर्सनको यस गीतमा गायिका मीलन नेवारको स्वर रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ ।

कुशल श्रेष्ठको निर्देशन र छायांकन रहेको म्युजिक भिडियोलाई विसन मान्धरले संगीत संयोजन गरेका छन् । भिडियो गीतकार गीता गिरीको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

हाँस तिमी’ (भिडियो सहित)