यूकेमा कर्मा पहाडीले ल्याए ‘परदेशिएको बाउ र आमाको पिडा ( भिडियो सहित )

लण्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको नयाँ गीत सार्वजनिक भएको छ ।

निर्मला थापा मगर युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शेर्पा र निर्मला थापा मगरको स्वर रहेको छ ।

गीतमा परदेशिएको बाउ र आमाको सन्चारसम्पर्क घरको आर्थिक अवस्था कमजोरका बारेमा छोराछोरीका तर्फबाट कोरिएको भावना समेटिएको छ ।

कर्मा पहाडी शेर्पा र सुरेश रानामगरको शब्द रहेको सो गीतमा सुरेश राना मगरले संगीत दिएका छन् । गीतको रेकर्डिङ रवि सुनारले गरेका छन् ।

भागिरथी गाहामगरले सो भिडियोको निर्देशन गरेकी छिन् । गीतमा रमेश थापा र जुना गुरुङको मूल अभिनय छ भने बाल-कलाकारले साथ दिएका छन् ।

राजनीति, खेलकुद, समाजसेवामा एक साथ सक्रिय शेर्पाको यसअघि पनि गीत बजारमा आइसकेको छ भने निर्मला थापामगरको पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्