भूकम्प र आँधीँको गतीमा देखेको र भोगेको जापान र नेपाल;

fullmoon

फुलमुन लामाले पठाएको यो भूकम्प सम्बन्धि जापान र नेपालको फरक कुरा पढि आफ्नो विचार राखिदिनुहोला।

मैले देखेको र भोगेको जापान र नेपाल;
भूकम्प र आँधीँको गतीमा बिकसित राष्ट्र जापान र मेरो देश नेपालमा धेरैनै फरक छ।
==हेर्नूस १० फरकहरू==
१. नेपाल
भूईचालो आँउदा ठूलो-ठूलो स्वरले कराउनू पर्छ!जतिसक्दो चाँडो घर बाहिर भाग्नू पर्छ!
जापान
धेरै कराउनू हूदैन जसले गर्दा अरूलाई असर गर्छ!भूईचालो जाने बेलामा दौडने भाग्ने हैन,घर भित्रै बस्नू पर्छ!
२.नेपाल
हामी घर बाहिर खूल्ला ठाँउमा सूरक्षित महसूस गर्छौ!हामी रातदिन नसूतीकन हल्ला गरेर खूल्ला चौरमा बस्छौं!️
जापान
हामी घर भित्रै बस्नू पर्छ!घर भित्र भन्दा बाहिर असूरक्षित हून्छ!घरमै ढूक्कसँग सूत्छन्!
३.नेपाल
भूकम्प कति रेक्टरको गयो भनेर भूगर्भ बिभागबाट सार्वजनिक हून बाँकी भन्छन!कसैलाई त म निन्द्रामा थिए थाहै भएन भन्छन्!
जापान
भूकम्प जानू भन्दा २ सेकेन्ड अगाडीनै सबै जनाको मोबाइलमा आकस्मिक अल्रेट (emergency alarm )बज्छ!जून अल्रेटबाट सूतेको मान्छेहरू उठ्छन्!उठेको मानिसहरूले सूरक्षित उपायहरू अपनाउन सक्छन्!यहाँ भूकम्प जाँदा कून ठाँउमा केन्द्र विन्दू र कति रेक्टर गयो भनेर तत्कालै आकस्मिक अल्रेटबाट सबैजनालाई थाहा हून्छ!
४.नेपाल
यहाँ भूकम्प जाँदा यातायातको साधनमा सवार प्राय सवैलाई थाह हूँदैन!!त्यसैको कारण ठूल्ठूला भयानक दूर्घटनाहरू हूने गर्छन्!
जापान
यहाँ भूकम्प जाँदा यातायातको साधनमा भएको आकस्मिक अल्रेट बज्छ र अटोमेटिक ठाँउको ठाँउमै रोक्छ!
त्यस कारणले गर्दा दूर्घटनाहरू कमै मात्रमा हून्छ!
५.नेपाल
भूकम्पले मान्छेलाई घाइते तथा मार्ने काम गर्दछ!
जापान
भूकम्पले हैन हामीले बनाएको भौतिक संरचना र हाम्रो बिवेकले हामीलाई मार्ने गर्छ!
६.नेपाल
बिसम परिस्थिती बाहेक सामान्यतया बर्षमा १/२ पटक मात्र भूकम्प जाने गर्छ!
जापान
दिनमा २/३ ओटा भूईचालो जान्छ!र पनी यहाँ कसैलाई पनी मतलब हूदैन!
७.नेपाल
यहाँ ७.४ रेक्टरले दूई तले घरहरू र धरहरा ढल्छ!!
जापान
यहाँ ८.५/९ रेक्टर जाँदापनी धरहरा भन्दा धेरै गूणा ठूलो टावर तथा घर हरू ढल्दैन!
८.नेपाल
यहाँ सडक किनारमा अर्थात सरकारी सम्पतीलाई दूरूपयोग गरी बनाएको पचासौं बर्ष पूरानो घर भत्काउन पनी सरकारी सूरक्षा फोर्स लगाएर भत्काउनू पर्छ!!
जापान
यहाँ घरको मिती पूगेपछी अर्थात सरकारले तोकिएको घरको आयू पूगेपछी सरकार आँफैले भत्काईदिन्छ!
९.नेपाल
भनिन्छ टाउको मात्र लूकाउने ठाँउ किन नहोस हामी हाम्रो घर पूगेपछी सूरक्षित महशूस हून्छ,तर जब हामी घर पूग्छौ तब असूरक्षित महशूस गर्छौ!यहाँ दूई तलाको नक्सा पास गरेर ६ तलाको घर बनाउछन।
जापान
यहाँ घर बाहिर तथा भित्र जहाँपनी सूरक्षित हून्छ!सरकारले तोकिएको भन्दा १ इन्च पनी बढी बनाउदैन!
१०.नेपाल
यहाँ इज्जत देखावात्मक घर बनाउछन!
जापान
यहाँ भूकम्प प्रतिरोधात्मक घर बनाउछन्!!
समग्ररूपमा भन्नू पर्दा हामी आँफैप्रती सूरक्षित छौं भनि बिश्वास हूनूपर्छ!जापानिजहरू आफैमा धेरै विश्वास गर्छन्,मैले कामको शिलशिलामा जापानिज हजूरआमासँग :-यो धाराको पानी खान मिल्छ(कोनो मिजू ओ नोन्देमो खामाइमासेन्का)?भनी प्रश्न गर्दा उनले मेरो हात समातेर बाथरूम तर्फ लगिन र त्यहाँ हात धून प्रयोग गर्ने पानी खाँदै भनिन्!यो जापान हो,तिमीलाई तिर्खा लागेको भए बाथरूमको पानी खाँदा पनी केही पर्दैन!यहाँ हरेक ठाँउको पानी सफा हून्छ!प्राकृतिक प्रकोप हो जूनसूकै ठाँउमा जूनसूकै समयमा जान सक्छ!भूकम्पले हामीलाई कहिल्यै पनी मार्दैन,हामीले बनाएको संरचनाले हामीलाई मार्ने अर्थात मृत्यूको मूखमा पूर्याउने काम गर्छ!त्यसैले प्रकोपबाट बच्ने संरचनाको निर्माण गरौ!मेरो देश ध्वस्त भएको छैन!यो नयाँ संरचनाको निर्माण थालनीको लागी भएको प्रलय हो!
अब बन्नेछ नयाँ नेपाल!!सूरक्षित उपायहरू अपनाऔ!!भूकम्पबाट हूने क्षतिलाई कम गरौँ!
नोट: मेरो देश प्रती भेदभाब र dominate गर्न खोजिएको भने हैन!
– Fullmoon lama
Tokyo