आर के त्रिपाठी,
लण्डन
आयरल्याण्ड भ्रमण सकि लण्डन आई पुगियो। यो भ्रमण हार्दिकता,ममता,मित्रता,प्रेम सद्भभाब र सम्मानले मेरो लागी अबिस्मरणीय रह्यो।
विशेष गरि भ्रमणको लागी निम्ता दिने मेरो परम आदरणीय दाजु सामाजिक व्यक्तित्व मिदुभाषी सफल व्यवशायी NRNA Ireland का पूर्व अध्यक्ष गणेश प्रसाईं ज्यू,सफल व्यवशायी समाजसेवी NRNA आयरल्याण्ड का पूर्व अध्यक्ष नब राज कोइराला ज्यू ,समाज सेवी एवं सल्लाहकार राज कुमार महत ज्यू , पूर्व अध्यक्ष समाजसेवी राजन काफ्ले ज्यू र भाउजु अन्जु काफ्ले ज्यू,समाजसेवी सल्लाहकार विष्णु प्रसाई ज्यू लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु,निमन्त्रणा गरी यत्रो सम्मान साथ भ्रमण सफल गराई दिनु भएकोमा ।
भ्रमणको सिलसिलामा भेटघाट सम्मान छलफल को लागी NRNA Ireland का अध्यक्ष विनोद कार्की ज्यू लगायत कार्यसमिती का साथीहरु र यूरोप छेत्र उपसंयोजक सागर लामा ज्यू एवं संपूर्ण सामाजिक राजनैतिक व्यवशायीक व्यक्तित्व हरुलाई विशेष धन्यवाद। म सामान्य मान्छे आर के त्रिपाठी लाई आदरणीय दाजु,साथीहरुले दिएको सम्मान, समय,हार्दिकताको व्याख्या त शब्दमा हुन सक्दैन,केबल के मात्र भन्छु भने तपाईं हरुको यो प्रेम,मायाँ,हार्दिकता मेरो भित्री मुटु भित्र सदैब जमिरहेछ र यस जन्ममै पुन फिर्ता गर्ने कोशीष गर्नेछु,भवानले भविष्यमा मौका दिए भने।भ्रमणको सिलसिलामा डायस्पोराको नेपाली समाज एकता,परिचालन,NRN मुद्दामा ऐकेबद्धता बिषय माथीका टिप्पणी,छलफल अर्को महत्वपूर्ण पाटो रह्यो।
हुनत मायाँ,प्रेम सम्मान,हार्दिकता,निमन्त्रणा गरिदिनु भए भाग्यमानी,सौभाग्यशाली हुने थिएँ भन्ने रहर ठूला मान्छे भन्ने हरुलाई त हुन्छ भने म सानो मान्छे आर के त्रिपाठी लाई किन नहुनु?तर सम्मान,प्रेम,हार्दिकता,मायाँ विश्वास सद्भाबगरि दिनोस न भन्ने कुरा त भएन ?तर मन मुटु भित्र कता कता आश त भइ रहन्छनै । त्यसमा पनि आजकाल त मानब लाई उपयोग गर्ने छाडी दिने मनुष्यको डरलाग्दो आदत विकाश भएको छ।मैले विगतमा मेरो जिवनमा हजारौं मानिस,सयौ नेता,सयौं सामाजिक व्यक्तित्व लाई निमन्त्रणा,प्रेम,सम्मान,हार्दिकता दिएको थिएँ तर कता कता मलाई किन पुःन प्राप्त हुँदैन भनि सोचिरहन्थे तर यि दिनहरु आउँदो रहेछ।
बस यि प्राप्त गर्न आफूले पनि त्यही मायाँ,प्रेम हार्दिकता,विश्वास सदैब दिन सक्दा भकुण्डो आफै तिर फर्किए जस्तै फर्कदो रहेछ।जो आज प्रमाणित भइरहेछ।मानीस खुशी हुन ठूला ठूला सपना भन्दा यस्तो हार्दिकताले,मायाँ,प्रेम,सदभाबले नै गदगद हुँदो रहेछ जुन यो भ्रमणमा मिल्यो। म सके सम्य बनेको हार्दिकता,प्रेम,मायाँ नतोड्ने प्रयत्न गर्ने नै छु। 
हाम्रा होनाहार दाजु गणेश प्रसाईं ज्यू ,नबराज कोइराला ज्यू,राज कुमार महत ज्यू,विष्णु प्रसाई ज्यू,राजन काफ्ले ज्यू,बिनोद कार्की ज्यू लगायत आयरल्याड बासी हरुबाट अब डायस्पोराको नेपाली समाज र नेपालको नेता,सामाजिक अभियन्ता हरुले सिक्नु पर्दछ के हो सम्मान?हार्दिकता?भाईचारा?प्रेम? विश्वास?छलफल?र प्रस्तुत हुने तरिका? शब्दमा पुःन भन्नु पर्दा तपाईहरुको प्रस्तुती व्यवहार र असल मानब लाई हेर्ने नजर बाट म पनि अब भविष्यमा अझै शशक्त,बयस्क र प्रभावशाली हुनेछु भन्ने बल दिएको छ मलाई यो भ्रमणले,जुन मैले बिगतमा कहिल्यै पाएको थिईन।
तपाईहरु संपूर्ण लाई बेलायत भ्रमणको निम्ता र दाल भात तरकारी मेरै सानो पश्चिम लण्डनको घरमा खाने गरी र खचाखच सानो घरमा बस्ने गरी। मैले यता आउने खबर मात्र पाउँ गणेश प्रशाई दाजु,नबराज कोइराला सर, राज कुमार महत दाजु,विष्णु प्रसाईं दाजु,राजन काफ्ले दाजु ,म यि सब फर्काउने प्रयत्न गर्दछु।






