लेस्टरमा तीज कार्यक्रमसँगै नयाँ कार्यसमिती गठन: (नाम सहित)

  • barunलेस्टर,

    स्रिजन्शिल लेस्टर नेपाल यू के को आयोजनामा यही २९ अगस्त २०१६ सोमबारका दिन अध्यक्ष श्री पशुपती पोखरेलको अध्यक्षतामा संस्थाको पाँचौ साधारण सभा तथा हरितालिका तीज कार्यक्रम माप्ले भेनु मेल्टन रोडको सभाहल मा सम्पन्न भयो ।

    खादा तथा ब्याज बिना गरिएको उक्त कार्यक्रमका बिशिस्ट अतिथीहरु भण्डारी ब्रदर्स तथा नेपाल ब्रिटेन डट कम का डाइरॆक्टर श्री कमल भण्डारी, साझा नेपाली समाजका सस्थापक अध्यक्ष श्री शंकर भण्डारी साझा नेपाली समाजका अध्यक्ष श्री रण बहादुर के सि तथा साझा नेपाली समाजका उपाध्यक्ष श्री महेश अधिकारि हुनुहुन्थ्यो। साथै अन्य अतिथिहरु नोटिङ्हम नेपाली समाजका पूर्व अध्यक्ष तथा गुल्मी जिल्ला समाजका कोसाध्यक्ष श्री तारा भण्डारीज्यु, साझा नेपाली समाज का कोसाध्यक्ष श्री नारायण फुयालज्यु, पिटरबोरो नेपाली समाजका पूर्व अध्यक्ष श्री केशब भण्डारीज्यु, स्रिजन्शिल लेस्टर नेपाल यू के का सस्थापक अध्यक्ष श्री राजु कंडेलज्यु, स्रिजन्शिल लेस्टर नेपाल यू के का निबर्तमान अध्यक्ष श्री दयानिधि सापकोटाज्यु, पिटरबोरो] नेपाली समाजका कोसाध्यक्ष श्री बिष्णु थापाज्यु तथा नेपालबाट पाल्नुभएकी आमा जानकी बिष्ट हुनुहुन्थ्यो । महसचिब श्री प्रेम आलेज्यूको संचालनमा राष्ट्रिय गानका साथमा सुरु गरिएको कार्यक्रममा सदस्य श्री पुन्डरी अर्यालले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तब्य दिनुभएको थियो । साथै बिसिस्ट अतिथी तथा अतिथिहरुले चौथौ कार्यसमितीलाई बिशेष धन्यवाद दिदै नयाँ आउने कार्यसमितीलाई शुभकामना दिनु भएको थियो। उक्त साधारण सभाले अध्यक्ष श्री पशुपती पोखरेलले प्रस्तुत गर्नुभएको सस्थाको प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारीत गर्दै नयाँ कार्य समिती चयन् गरेको छ। निर्वाचन समिती सन्योजक श्री शंकर भण्डारीज्यूले निम्ननुशार पाँचौ कार्यसमिती निर्बिरोध निर्बाचित भएको घोषणा गर्नुभएको थियो। प्रेम आले ज्यू को अध्यक्षतमा निर्बाचित भएको पाँचौ कार्यसमिती यसप्रकार रहेको छ: अध्यक्ष : श्री प्रेम आले, उपाध्यक्ष: श्रीमती छमकला न्यौपाने पोखरेल, महासचिब : श्री बरुण भण्डारी , सचिब : श्री पुन्डरी अर्याल, कोशाध्यक्ष: श्री बलराम चापागाइ , सदस्यहरु : श्री श्याम खत्री, सुश्री जानकी सापकोटा, श्रीमती रिता गौतम सापकोटा, श्रीमती मीना शर्मा ज्ञवाली, श्रीमती सुधा पाण्डे, श्री हरी भक्त महर्जन, श्री रुपेश सिंह र टेक बहादुर छेत्री (बिपिन)

    नबनिर्बाचित अध्यक्ष श्री प्रेम आलेज्युको अध्यक्षता तथा महासचिब श्री बरुण भण्डारीज्युको सन्चालनमा सम्पन्न छोटो औपचारिक कार्यक्रममा सस्थाकी उपाध्यक्ष श्रीमती कला पोखरेलले चौथो कार्यसमिती, निर्वाचन समिती तथा साधारण सभालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उक्त कार्यक्रममा अध्यक्ष श्री प्रेम आलेज्युले लेस्टरमा हालै आउनुभएका परीवारलाई स्वागत, GCSE तथा अन्य कार्यमा सफल भाई बहिनिहरुलाई बधाइ, पुत्र तथा पुत्री लाभ हुने सदस्यहरुलाई बधाईका साथै नयाँ ब्यवसाय सुरु गर्ने निबर्तमान कोसाध्यक्ष शिवलाल गौतमलाई शुभकामना ब्यक्त गर्नुभएको थियो।

    औपचारिक कार्यक्रम को समापनसँगै सुरु भएको तीज कार्यक्रमको सम्योजन श्री मन्जिल पौडेलले गर्नु भएको थियो। सस्था आँफैले बनाएर दर खुवाउने हुँदा सदस्यहरु मधु पौडेल, श्याम खत्री, किशन भुशाल, प्रेम सापकोटा लगायतका साथीहरुले तयार पर्नु भएको स्वदिस्ट खाना तथा श्रीमती मालती पौडेलले तयार पार्नुभएको सेल रोटीको साथमा आँफै तीजका गीत गाउदै र नाच्दै रमाउनु भएका चेलीहरुले माइतीको झल्को मेटिएको बताउनु भएको थियो। स्वर्गीय खेम गुरुङको सम्झनामा निस्चल श्रेष्ठले उहाको गीत गाउँनु भएको थियो।