मेडस्टोन प्रशिक्षार्थीद्वारा भुकम्प पिडित राहत को लागि १३०० पौण्ड रकम संकलन

बेलायत,

केन्ट

केन्ट आर्मी क्याडेट फोर्स (केन्ट एसीएफ) का मंकटन्स्, बक्स्ले तथा डिट्टन डिच्याच्मेन्ट्स् (थप चार कर्मचारी समेत) का अठ्ठाइस सैनिक प्रशिक्षार्थीले हालै सर्वसाधारणबाट स्वस्फूर्त रुपमा प्राप्त १३०० पौण्ड भन्दा बढी रकम क्वीन्स् गुर्खा रोयल इन्जीनिर्यस्का प्रतिनिधिहरुलाई हस्तान्तरण गरे । यो रकम उनीहरुले सप्ताहन्तको चार घण्टा स्थानीय मोरिसन्स् सुपरमार्केटमा ब्याग प्याकिङ गरेर संकलन गरेका थिए ।सो रकम नेपालको प्राकृतिक प्रकोप राहत कोषका लागि संकलन गरिएको हो

11358826_1032675056777215_694581938_n[1]

यसलाई प्रकोपबाट प्रभावितहरुको सहयोगका लागि खर्च गरिनेछ । सर्जेन्ट प्रशिक्षक सुजाना हर्टन्ले भन्नुभयोःएक प्रशिक्षकमा रुपमा केन्ट एसीएफसँग आवद्ध हुन पाउँदा मलाई निकै खुशी लागेको छ र हाम्रा प्रशिक्षार्थीहरुले सप्ताहन्तमा उनीहरुको आफ्नै समयमा चार घण्टाको ब्याग प्याकिङबाट उत्साहप्रद रकम संकलन गर्ने कार्यमा जुन सफलता प्राप्त गरे, त्यसप्रति म गौरवान्वित महसुस गर्दछु ।

यो दर्दनाक प्रकोपबाट प्रभावित मानिसहरुलाई सहयोग गर्न युवाहरुले देखाएको तत्परता निकै सरहानीय छ”।