राहतको जस्तापाता बिक्री गर्न खोजेपछि नुवाकोटमा तनाव

नुवाकोट, १६ जेष्ठ । नुवाकोटमा भूकम्प प्रभावितहरुका लागि लगिएको दुई सय ७० बन्डल जस्तापाता मध्येका केही जस्तापाता बिक्रीका लागि काठमाडौं ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । उनीहरुले स्थानीय कांग्रेस कार्यकर्ता रमेश महतले जस्तापाता बिक्रीका लागि काठमाडौं ल्याउँदै गरेको आरोपसमेत लगाएका छन् ।n10
नुवाकोटको कविलासका लागि लगिएको जस्तापातामध्ये महतले ३० बन्डल झिकेर रातारात गाउँबाट काठमाडौँं ल्याउन लागेपछि स्थानीयबासिन्दा विरोधमा उत्रिएका हुन् । स्थानीयहरुले महतमाथि कारबाहीको माग राखेर छहरे क्षेत्रमा प्रदर्शनसमेत गरेका छन् ।n12