काठमाडौं, १६ जेष्ठ । नेपाली कांग्रेसले संविधान निर्माणका लागि सहमतिको राष्ट्रिय सरकारको आवश्यकता भएको निष्कर्ष निकालेको छ । पार्टी पदाधिकारीको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैंठकले पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा लगाउने टुंगो गरेको छ । बैंठकले दैवी विपत्ति सामना गर्दै पुर्ननिर्माण र पुर्नस्थापनाको कामलाई पनि संगसंगै लैजाने निर्णय गरेको छ । बैंठकमा अहिले भइरहेको राहत, उद्धार र भूकम्पले पुर्याएको क्षतिको बारेमा पनि समिक्षा भएको थियो ।
राष्ट्रिय सरकार आवश्यक : कांग्रेस






