रुस युक्रेन युद्धको असर कम गर्ने काममा संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन् ।

उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।

उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन् ।

यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र विशेषगरी विकासशील देशहरुमा यस्तो असर परिरहेको छ ।कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा यस युद्धको असर भनेर सिर्जना गरिएको पनि उनले बताएका छन् ।

महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोडदिएका छन् ।