स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै लड्नुपर्छ: डा कोइराला

काठमाडौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले कांग्रेसले भरसक एक्लै लड्नुपर्ने बताउनु भएको छ ।

शनिबार कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले आफ्नो शक्ति बुझ्न पनि एक्लै लड्न उपयुक्त हुन बताउनु भयो ।

उहाँले भन्नुभयो, म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले एउटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन ।

धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ, भन्नुभयो ।

उनीहरुसँग सम्बन्ध गाँसेन भने फेरि उनीहरु एमालेमा जान्छन् जो कांग्रेसका लागि खतरा हुन्छ, उहाँले भन्नुभयो।