माओवादीद्वारा २१ वटा गाडीमा आगजनी

maoist_torch_vehicle

छत्तीसगढ, कार्तिक ८ । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गर्नुका साथै ठाउँ ठाउँमा बिस्फोट गरेका छन् ।

सयौंको संख्यामा गएका माओवादी कार्यकर्ताहरुले छत्तीसगढको बीजापुर जिल्लामा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधनमाथि शनिबार साँझ आगजनी गरेका हुन् । आगजनीका कारण २१ वटै गाडी ध्वस्त भएको छ ।

सो जिल्लामा गत वर्षदेखि सडक निर्माण कार्य भइरहेकोमा माओवादीले उक्त कार्य रोक्न बारम्बार चेतावनी दिंदै आएको थियो ।

शनिबार बिहानै स्थानीय प्रहरीले ८ माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकामध्ये दुई जना मोस्ट वान्टेड सूचीमा रहेका नेतासमेत छन् । उनीहरुको बारे सूचना दिने व्यक्तिलाई पाँच लाख पुरस्कार दिइने घोषणासमेत गरिएको थियो । (एजेन्सी)