सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।
आइतबार बेलुका खाना बनाउने क्रममा ग्यास लिक भएर विस्फोट भएको थियो । विस्फोटमा परेर तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार स्थानीय मीनबहादुर तामाङको घरमा रहेको एक सानो पसलमा विस्फोट भएको थियो ।
विस्फोटमा परेर १० वर्षका विशाल तामाङ, ६ वर्षका सरगम तामाङ र २ वर्षकी दिब्या तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
/






