लन्डनमा मृत भेटिए चर्चित गायक यमबुद्ध

लन्डन– यमबुद्धका नामले चिनिएका नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारी लन्डनमा मृत भेटिएका छन् ।

२९ वर्षीय अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् ।

लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गरेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको जनाएको छ । बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने बताइएको छ ।