एजेन्सी । अमेरिकाले युक्रेनलाई थप हतियार सहयोग गर्ने तयारी गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो ।
अमेरिकाले दिने सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता विस्तारका लागि खर्च हुने बताइएको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूणर् सरकारी संरचनाको रक्षासहितका लागि खर्च हुने बताए ।
यसैबीच, पश्चिमा मुलुकहरूले रुस युक्रेन युद्धमा असफल भएको निस्कर्स निकालेका छन् । रुसले युक्रेनमा जारी युद्धको पहिलो चरण सकिएको घोषणा गरेपछि पश्चिमा मुलुकहरूले यस्तो निस्कर्स निकालेका हुन् ।
पोल्याण्ड भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिका सँधै तयार रहेको भन्दै नाटोको सीमा क्षेत्रमा प्रवेश प्रवेश नगर्न रुसलाई चेतावनी दिऐ ।
यस्तै बेलायत, क्यानडा, जर्मनी लगायतका मुलुकले एक महिनादेखि जारी युद्धमा असफल भएको भएको बताएको हो ।






