काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।
यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो। अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निणर्य गरेको गरिसकेको छ । आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको प्रवक्ता शर्माले बताए ।






