काठमाण्डौ । इपीएसमार्फत दक्षिण कोरिया गइ श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ ।
दक्षिण कोरिया सरकारले कोरियामा श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूणर् प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो ।
हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन् ।
अवधि सकिन लागेकालाई त्यहाँको इमिग्रेसनले आफै एक वर्ष बसाइ अवधि थपिदिने छ ।






