लण्डन । बेलायतकालागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र बेलायतका विदेश तथा अन्तराष्ट्रिय विकास मन्त्री लर्ड अमहदबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा भूपू गोर्खाहरुको समस्याका विषयमा छलफल भएको छ । उक्त अवसरमा राजदुत आचार्यले बेलायतबाट नेपालमा अन्य विभिन्न भ्रमणहरु भइरहेपनि प्रधानमन्त्रीको भ्रमण हुन नपाएकोमा ध्यानाकर्षण गराएको दुतावासका प्रवक्ता रोशन खनालले जानकारी दिईन् ।
उनका अनुसार कोभिड विरुद्धको लडाइँमा बेलायतले नेपाललाई गरेको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै राजदुत आचार्यले नेपाल-बेलायतबीच व्यापार र लगानीका बारेमा पनि कुरा राखेका थिए ।
भेटपछि ट्वीट गर्दै बेलायतको मध्य एसिया, दक्षिण एसिया, उत्तर अफ्रिका, कमनवेल्थ, संयुक्त राष्ट्र संघ र मानवअधिकार मामिला हेर्ने मन्त्री अहमदले नेपाली राजदुतसितको भेटमा बेलायतको नेपालसितका प्रमुख प्राथमिकताका विषयहरु व्यापार लगानी, नेपालको जलवायु परिवर्तनविरुद्धको अभियान तथा गोरखा समस्याका बारेमा कुरा भएको बताएका छन् ।






