लन्डन । स्वीण्डनवासी नेपालीहरुको एक भेलाले लायन्स क्लब अफ स्वीण्डन चौतारी गठन गरेको छ । रमेश बास्तोलाको अध्यक्षतामा गठन भएको उक्त क्लबको प्रथम उपाध्यक्षमा राजन क्षेत्री, द्वितीय उपाध्यक्षमा मीन थापा, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ रहेका छन् ।
यसैगरी मेम्बरसिप चियरम्यानमा विनोद पुरी, एलसीआईएफ संयोजकमा राममणि रिजाल, क्लब प्रशासनमा रुपेश राउत, ग्लोबल लिडरसिप टिममा रुचेला बास्तोला, ग्लोबल सर्भिस टिममा रुपा गुरुङ, ग्लोबल म्याम्बरसिप टिममा सम्झना खड्का, सम्पर्क अधिकृतमा विश्व घिमिरे, रवि उपाध्याय, पूर्ण सुब्बा रहेका छन् ।
यसैगरी सदस्यहरुमा अविशेक केसी, सुवास मल्ल, रमेश गौतम र तिलक थापा रहेका छन् । सल्लाहकारहरुमा बुद्धिबहादुर थापा, भेष थापा, धु्रव अधिकारी, निर्मल पराजुली, टंक केसी र नारायण मल्ल रहेका छन् ।
भेलाका प्रमुख अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ (नेपाल) का निबर्तमान सचिब हालका डिस्ट्रिक्ट को-चिफ एडभाईजर रामबहादुर बस्यालले लायन्स क्लबमा लाग्दा आफुले देखेको भोगेको दुख र सामाजिक आवस्यकताको उदाहरण प्रस्तुत गर्दै आफु भन्दा दुखि र अवसरबाट बन्चित भएका लाई सक्दो सहयोग गर्न आवहान गर्नु भयो र उहाँले आफ्नो भेट लायन्स क्लब युके स्विण्डन र आसपासका क्षेत्रका पदाधिकारीहरु संग भएको बताउनुहुँदै उनीहरु नेपाली हरु संग मिलेर काम गर्न इच्छुक भएको पाएको भन्दै उनिहरु संग समन्वय गर्दै काम गर्न सुझाझाउनु भयो।
उहाँले लायन्स क्लब को मूल नारा ” जहाँ आवस्यकता त्यहाँ लायन्स” भन्ने कुरा लाई प्रस्टाउदै दीनदुखी लाई सहयोग गर्न आआफ्नो ठाउँबाट काम गर्न अनुरोध गर्नु भयो । लायन्स क्लब को बारेमा संक्षिप्त परिचय दिंदै यस संस्था १९१७ मा मेलवीन जोन्सको नेतृत्वमा अमेरिकाबाट गठन भई नेपालमा सन् १९७१ मा पूर्व प्रधानमन्त्रि मात्रिका प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको जानकारी गराउनु भयो ।
साथै उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा समर्पण कि प्रथम उपाध्यक्ष भावना बस्याल र लियो क्लब अफ सेन्ट्रल भ्यालीका अध्यक्ष संकल्प बस्याल लाई पनि सम्मानका साथ स्वागत गरिएको थियो । स्विण्डनका सामाजिक अभियन्ता श्री भेष बहादुर थापाले खादा लगाई प्रमुख अतिथि र अतिथि हरुको स्वागत गरिएको उक्त कार्यक्रम को संचालन रमेश बाँस्तोला ले गर्नु भएको थियो भने राजन कुमार क्षेत्रीले सम्पूर्ण आतिथि तथा उपस्थीत व्यक्तित्वहरु लाई स्वागत गर्नु भएको थियो ।
उक्त भेटघाट कार्यक्रम पूर्व लायन्स क्लब अफ स्विण्डनका अध्यक्ष मौरिस वाटसन संग प्रमुख अतिथि रामबहादुर बस्याल लगायत रमेश बाँस्तोला , राजन क्षेत्री, मिन थापा र रबि उपाध्यायको उपस्थितिमा गएको टोली ले के कसरी उक्त समितिले मातृत्व लिने गरि क्लब गठन गर्ने बिसयमा छलफल गरेको थियो।
नारायण खड्काद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा क्लब को गठनका बिषयमा छलफल भई मनोरंजनका साथ बार्बिक्यु गर्दै रमेश बाँस्तोलाको अध्यक्षतामा निम्न ब्यक्ति रहेको कार्यसमिति गठन गरियो ।






