नेपाल एभीसी सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा

काठमाडौं, १३ जेष्ठ । आयोजक बंगलादेशलाई हराउँदै नेपाल एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगिता अन्तर्गत हिजो भएको समूहको अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ३-२ को सेटमा हरायो । प्रतिस्पर्धात्मक खेलमा नेपाल १५-२५, २५-२१, २३-२५, २५-१६ र १५-११ ले विजयी भयो । जीतसँगै नेपालले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सेमिफाइनलमा नेपालले तुर्कमिनिस्तानको सामना गर्नेछ ।