सिड्नी । अस्ट्रेलियामा रहेका रियलस्टेटको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मल्टिडाईनामिक रियल्स्टेटले विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको छ ।
भर्खर मात्रै अस्ट्रेलियामा रहेका १०० रियलस्टेट कम्पनी मध्ये २६ औँ स्थानमा पर्न सफल मल्टिडायनामिक रियलस्टेटले ग्राहकहरुको सेवा,सन्तुष्टी र मागलाई मध्येनजर गरी शाखा विस्तारको अभियान चलाईरहेको छ ।
२०२२ को अन्त्यसम्म अस्ट्रेलियाका अधिकाशं स्थानमा शाखा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले कुईसल्याण्डको साउथ पोर्टमा आफ्नो छैठौँ शाखा खोलेको छ । उक्त शाखाको साउथपोर्टका स्थानीय सांसद रब मोल्होकले रिबन काटेर उद्घाटन गरेका हुन् ।
उक्त स्थानमा पहिले देखि सञ्चानलमा रहेको रियल हब प्रोपर्टी सोलुसनलाई मर्ज गरी मल्टिडायनामिक रियलस्टेट रुपमा शाखा विस्तार गरिएको मल्टिडायनामिक रियलस्टेटका संस्थापक मेगराज पौडेलले जानकारी दिए । उक्त कार्यालयले पनि घरजग्गा कारोबार सम्बन्धी काम शुरु गरिसकेको छ ।

कुईसल्याण्डको साउथ पोर्ट शाखामा प्रिन्सिपल शक्ति लामिछाने, निर्देशक किशोर तिवारी र मिहीर श्रेष्ठ लगायत अन्य कर्मचारी गरी ६ जना रहेका छन् । मल्टिडाइनामिक कुईसल्याण्डको साउथ पोर्टका प्रिन्सिपल शक्ति लामिछानेले रियलस्टेटलाई सबै साथीहरुकाबिच स्वागत गर्न पाउदा आफुलाइ खुशी लागेको बताए ।
मल्टिडाइनामिक अष्ट्रेलियाका विभिन्न संघसस्थाहरुको सामाजिक कार्यहरुमा पनि निकै लोकप्रिय रहेको छ । रियल्स्टेटका संस्थापक मेघराज पौडेलले आफुहरुको पुराना र नया ग्राहकहरुलाई हेर्ने नजर एकै भएको बताए । उनले भने, “पुरान र नयाँ ग्राहकलाई एउटै हिसाबले हेछौं र पुरानालाई अपडेटिङ गर्ने र नयाँलाई चाहिने सूचना उपलब्ध गराउँछौं,। मल्टिडाइनामिक भनेर आउने ग्राहकलाई हामी कहिले पनि निराश बनाएर पठाएका छैनौ र पठाउँदैनौ पनि , हामी सकेसम्म र भएको साधनश्रोतबाट उचित सल्लाह, सुझाव र रोजगारीको अवसर समेत दिन्छौं । ” मल्टिडाइनामिक रियलस्टेटबाट अनुभब लिएर बाहिर गएका एजेन्टहरु पनि राम्रो पोस्टमा काम भइरहेको देख्दा पनि आफुहरुले अरु रियलस्टेट भन्दा भिन्न भएको भन्दै गौरव गर्ने उनले बताए ।
उद्घाटन गरिएको शाखामा स्थानीयको उपस्थिति, सहयोग र सकरात्मक माहोलले आफूहरुलाई उत्साहित बनाएको भन्दै पौडेलले मल्टिडाईनामिक रियलस्टेट अस्ट्रेलियामा रहेका अन्य रियलस्टेटको तुलनामा अब्बल सावित हुँदै गएको बताए ।

मेघराज पौडेल, विजय पौडेल र विष्णुप्रभात सापकोटा ३ जना मिलेर २०१७ बाट सुरु गरेको मिल्टडाइनामिक रियलस्टेट व्यवसाय यतिबेला विश्व दौडाहाको अभियानमा छ । दिनप्रतिदिन सफलताको सिढी चढ्दै उनीहरुले आफ्नो शाखा कार्यालय विस्तार गरिरहेका छन् ।
मल्टिडाइनामिकका निर्देशक मध्ये का एक विष्णुप्रभात सापकोटाले टिमवर्क र सर्वसाधारणको सहयोग र सद्भावले मल्टिडाइनामिक सफल भएको भन्दै उनले अस्ट्रेलियाको सबै शहरमा छाउन दीर्घकालीन सोच बोकेर नै मल्टिडाइनामिक आएको बताए । उनले भावि दिनमा विश्वभर नै काम गर्ने लक्ष्य लिएर अगाडी बढिरहेको बताए । उनले भविष्यमा न्यूजिल्यान्ड, बेलायत, अमेरिका र क्यानडामा कार्यालय खोल्न सक्ने समेत जनाए ।
मल्टिडायनामिकका अर्का निर्देशक विजय पौडेलले सुरुवाती दिनहरुबाटै आफुहरुलाई अनुकुल हुने क्षेत्र सम्हालेर अगाडी बढेको हुनाले रियलस्टेटको क्षेत्रमा अहिले मल्टिडाइनामिकले यो स्थानमा आउन सफल भएको बताउँछन् । उनले ग्राहकहरुको सेवा र सन्तुष्टीकै कारण भविष्यमा अन्य ठाउँमा पनि सेवा विस्तार हुदै जाने बताए ।






