नइ प्राइड अफ द इयर अवार्ड २०२४ सम्पन्न

सिड्नी । नइ एकेडेमी अस्ट्रेलियाले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गर्दै आईरहेको “नइ प्राइड अफ द इयर अवार्ड “ सम्पन्न भएको छ । एकेडेमीले यस वर्ष ५ विधामा अवार्ड प्रदान गरेको छ ।  अगष्ट ३ तारिख शनिवार ग्राभिनको बार्दली फंक्सन सेन्टरमा आयोजित औपचारिक समारोहको उद्घाटन न्यू साउथ वेल्स राज्यका महावाणिज्यदूत सञ्जिव शर्मा लगायतका अतिथिहरुले गरेका थिए ।नइ एकेडेमी अस्ट्रेलिया अध्यक्ष सिमा रोसीले नई प्रकाशनले नेपाली कला, संस्कृति, भाषा, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, सामाजिक सेवा र सद्भावमा जस्ता विविध क्षेत्रमा उल्लेखनिय योगदान पूर्याउनु हुने व्यक्तित्वहरुलाइ नइ अवार्डद्धारा सम्मान गरेको बताईन् ।  एकेडेमीले गतवर्ष महिला सशक्तिकरणलाइ प्रोत्साहान गर्दै विविध क्षेत्रका तीन जना महिला व्यक्तित्वहरुलाइ “वोमन अफ द ईयर” अवार्डद्धारा सम्मान गरेको भन्दै  यस वर्ष एकेडेमीले महिला र पुरुष दुबैलाई लक्षित गर्दै भाषा, साहित्य, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक सद्भाव तथा समाजसेवा जस्ता क्षेत्रका विविध पक्षलाइ सम्मान गर्न लागिएको बताईन्। नेपालीहरुको योगदानलाई सम्मान स्वरुप प्रोत्साहन गर्ने उद्धेश्यले आयोजना गरिएको भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गरिन् ।कार्यक्रमका  प्रमुख अतिथि शर्माले आफुले समुदायलाई हीतमा रहेर नेपालमा लगानी सम्बन्धी र कला संस्कृतीका क्षेत्रमा न्यू साउथ वेल्समा रहेका   विभिन्न संघसंस्था सँग हातेमालो गरेर अगाडी बढ्ने बताए ।एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले नई प्रकाशनले विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान सहित अवार्ड प्रदान गर्नु सह्रानीय कार्य रहेको बताए । एन्जाका उपाध्यक्ष प्रकाश हुमागाईँले  एन्जाले अस्ट्रेलियामा भए गरेका विभिन्न गतिबिधिहरु समुदायमा ल्याउने प्रयत्न गरिरहेको भन्दै यस्ता कार्यक्रम आयोजना गर्नुले नेपाली समुदायमा निकै सकारात्मक प्रभाव पारेको बताए ।एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङले नइ एकेडेमी अस्ट्रेलियाले नेपाली समुदायमा राम्रो काम गरेको भन्दै संस्थालाई यस्ता कार्यक्रमले समाजमा लोकप्रिय बनाउन सक्ने वताए। यस बर्ष एकेडेमीले रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा योगदान पूर्याउनु हुने बहुभाषिक तथा बहुआयामीक व्यक्तित्वहरु अनिल पोखरेल- युवा नेता, डा. मनोज कुमार सिंह- विज्ञान तथा प्रविधि,  सुश्री रानी दीक्षित रिकार्डो-मानसिक स्वास्थ्य र समाज सेवा, म्याग्दी प्रवासी नेपाली संघ (मोना अष्ट्रेलिया)-  खेलकुदमा उल्लेखनीय उपलब्धि र नेपालमा सामुदायिक सेवा,  सन्तोषकुमार पोखरेल – विश्व बहुभाषिक कविता र अन्तर्राष्ट्रिय संस्कृति,  तक्दीर  अधिकारी – संचार तथा सामुदायिक पत्रकारितामा नइ अवार्डद्धारा सम्मान गरेको  छ । बाल कलाकार अक्क्षिता तिमिल्सिनाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नई एकेडेमी अस्ट्रेलिया उपाध्यक्ष जेनिशा गौतमको संयोजन तथा सचिव  प्रनब विक्रम थापाको उप-संयोजन रहेको थियो भने कार्यक्रमको सञ्चालन बाल मुकुन्द तिमिल्सिनाले गरेका थिए ।कार्यक्रममा  एनआरएनएका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।बेलुकी ८ बजेसम्म चलेको औपचारिक कार्यक्रम पश्चात सुरु भएको कार्यक्रमको को दोस्रो भाग सांस्कृतिक तीज कार्यक्रममा दुई कलाकार जेनिशा गौतम र सुशील कटुवालले आफ्नो प्रस्तुती राख्दै गर्दा कार्यक्रम हल तीजमय बनेको थियो ।