आजको संसद्‌ बैठकमा एमसिसी पेश नहुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी नलान सहमत भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि देउवा एमसिसी संसद्‌मा नलान सहमत भएका हुन्।

देउवा र प्रचण्डबीच भोलि ३ बजे गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक बस्ने सहमति बनेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्।

बिहान बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकार र गठबन्धन दुवै छाड्ने निर्णय गरेको थियो।