पाल्पाको तानसेन बजारमा ३८ वर्षीय एक पुरुष मृत फेला

पाल्पा। शनिवार पाल्पाको सदरमुकाम तानसेन बजारमा एक पुरुष मृत फेला परेका छन् । तानसेन–४ शिलखानटोल स्थित सडकको भित्तामा ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका हुन् ।

पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाकाअनुसार उनको पुर्ख्यौली घर कहाँ हो र बाबु आमा को–को हुन् भन्ने खुलेको छैन । सानै उमेरदेखि सडक मजदूरी गरेर जिविका चलाउँदै आएका गिरी तानसेन नगरपालिका–४ स्थित डेरामा बस्न गर्थे ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा केहि दिनयता वर्षासहित हिमपात भएपछि निकै चिसो बढेको छ । गिरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । लुम्बिनी प्रदेशमा शुक्रबार ३ जना मृत फेला परेका थिए ।