ब्राउन सुगर र गाँजासहित युट्युबर कार्की पक्राउ

काठमाडौंः लागुऔषध सहित युट्युबर चेतन कार्की पक्राउ परेका छन् ।

भ्लग मार्फत चर्चामा आएका उनलाई ब्राउन सुगर र गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा माघ १९ गते लागूऔषध फेला परेको थियो ।

उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनको युट्युबमा ५ लाख सब्स्क्राईबर छन् ।