काठमाडौं- अस्ट्रेलियामा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएको जनाईएको छ ।
राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक-एक जनाको मृत्यु भएको थियो।
कोरोना संक्रमितको संख्या पनि बढिरहेको तथ्याङ्कले देखाएको छ । सो अवधीमा ४० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।
तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।






