कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिने टिपर चालक श्रेष्ठ पक्राउ

काठमाडौं। प्रहरीले कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-१० घर भइ काठमाडौं बस्‍ने ५२ वर्षीय सुब्बा श्रेष्ठ रहेका छन् ।

उनलाई रमन कन्स्ट्रक्शनको क्‍याम्प कीर्तिपुरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।

उनले मंगलबार कोटेश्वर चोकमा ना१ क ४५०२ नम्बरको टिपरले प्रदेश नं. ३-०२-०२६ प १८२४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्‍यु भएको थियो भने एकजना घाइते भएका थिए ।

पक्राउ परेका उनीमाथि महानगरीय प्रहरी वृत नयाँ बानेश्‍वरले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।