नेपालमा बढ्दै कोभिड संक्रमण, बुधबार ४३५ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो केहीदिनयता कोभिड संक्रमण बढ्दै गएको देखिएको छ ।

बुधबार थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो ३९३ जनामा कोरोना संक्रमण भएको थियो भने तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको छ।

बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ६ हजार ७१५ पीसीआर तथा ३ हजार ५५२ एन्टिजेन परीक्षण भएको छ।