काठमाडौं, ५ जेष्ठ । नेकपा एमालेका नेता एंव पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पितृ शोक परेको छ । उनका पिता मंगलकुमार उपाध्यायको एक सय वर्षको उमेरमा आफ्नै निवास कोटेश्वरमा आज बिहान निधन भएको हो । लामो समयदेखि घाटीको समस्याबाट पीडित नेपाल फोक्सो र निमोनियाबाट सताइनु भएको थियो ।
समाजसेवीका रुपमा चिनिनु हुने उपाध्याय लामो समय रौतहटको शैक्षिक विकासमा संलग्न थिए । उपाध्यायको आजै पशुपति आर्यघाँटमा दाहसस्कार गरिने भएको छ र उनका ३ छोरा र २ छोरी छन् ।
माधव नेपालका पिताको निधन






